Vet Nepal

Vet Khagendra“This is the free online resource siteto provide various informations, not for the commercial use.”.

Thursday, January 22, 2026

बँगुरमा अल्ट्रासाउन्डको प्रयोगबाट गर्भावस्थाको परीक्षण गर्ने सरल तरीका

Vet Khagendra  |  at  January 22, 2026  |   |  1 comment

बँगुरमा अल्ट्रासाउन्डको प्रयोगबाट गर्भावस्थाको परीक्षण गर्ने  सरल तरीका

बँगुरमा गर्भावस्थाको परीक्षण गर्न विभिन्न विधिहरूको प्रयोग गरिन्छ। गर्भावस्था पहिचानमा र्‍यापिड टेस्ट किटहरूको प्रयोग गरी बंगुरको पिसाबमा गर्भावस्थामा हुने हर्मोन (Porcine Pregnancy Hormone) पनि पत्ता लगाउन सकिन्छ, जसबाट बंगुर व्याउने छ वा छैन यकिन गर्न सकिन्छ। र्‍यापिड टेस्ट किटहरूको प्रयोग भन्दा सबैभन्दा उपयुक्त, सरल र कम सर्चिलो विधि अल्ट्रासाउन्डको प्रयोग गरेर गरिने विधि हो।  यो विधिबाट नै राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराले पनि बिगतका बएषहरूबाट नै बंगुरमा गर्भ परीक्षण गर्दै आएको छ। अरू जनावरहरूमा जस्तै बंगुरमा पनि गर्भावस्थाको समय बढ्दै जाँदा भ्रूणको मुटुको गतिविधि र विकासशील भ्रूणहरूको हड्डी तथा तरल पदार्थ पनि वास्तविक-समय अल्ट्रासाउन्ड (Real-Time Ultrasound) को प्रयोगबाट पहिचान गर्न सकिन्छ। विभिन्न अध्ययनहरूले पनि अल्ट्रासोनोग्राफीको प्रयोगबाट बंगुरहरूमा गर्भावस्था पत्ता लगाउने एउटा महत्वपूर्ण र प्रभावकारी विधि हो भन्ने पुष्टि गरेको छ। बजारमा विभिन्न किसिमका अल्ट्रासाउन्ड उपकरणहरू (जस्तै PREG-TONE)  प्रयोग भइरहेका छन्।

सिद्वान्तः उपकरण संगै जोडिएको ट्रान्सड्यूसर वा प्रोबबाट अल्ट्रासाउन्ड भनिने उच्च फ्रिकोर्सीमा ध्वनिका तरंगहरू उत्सर्जन हुन्छ। अल्ट्रासाउन्डका तरंगहरू शरीरमा प्रबेश गरिसके पछि तन्तु र तरल पदार्थहरूबाट पुनः प्रोबमानै प्रतिबिम्बित (इको) हुन्छन्। प्रतिबिम्बित ध्वनिका तरंगहरूबाट पाठेघरको एम्नियोटिक फ्लुइड ("तरल पदार्थ") छ कि छैन भनी निर्धारण गर्न सकिन्छ, जसबाट गर्भाशयमा तरल पदार्थको उपस्थितिले गर्भावस्थाको संकेत गर्दछ। यदि तरल पदार्थ छ भने  एक किसिमको ध्वनि वा आवाज निरन्तर रूपमा सुनिन्छ।

परीक्षण प्रकृयाः 

गर्भ परीक्षण गर्नु पर्ने बंगुर उभिरहेको अवस्थामा नजिक गएर छाला र प्रोब बीच राम्रो सम्पर्क बनाउनको लागी पछाडीको दुइ थुनको बीचमा राम्रो संग खनिज तेल वा खाना पकाउने तेल (कन्ट्याक्ट फ्लुइड) लगाउनु पर्दछ। बंगुर शान्त भएको अवस्थामा प्रोबलाई शरीरको दायाँ छेउमा, पछाडिको खुट्टाको अगाडि २ इन्च (५ सेमी) र निप्पल रेखाभन्दा १ इन्च (२.५ सेमी) माथि लगभग 45° अगाडि तिर र 45° छेउ तिर लक्ष्य गरी (चित्र अनुसार) राख्नु पर्दछ। गर्भाशयमा हुन सक्ने कुनै पनि तरल पदार्थ पत्ता लगाउन स्क्यान गर्नुपर्दछ। प्रोब र छाला बीचमा कुनै पनि खाली ठाँउ नराखीकन राम्रोसँग दबाउँदा पहिलो पटक बिपिङ (Contact tone/beeping) ध्वनि सुनिन्छ। यसको मतलब अल्ट्रासाउन्डका तरंगहरू शरीरमा प्रवेश गरी ठीकसँग फर्किरहेको छ भन्ने बुझिन्छ। अल्ट्रासाउन्डले तरल पदार्थ पत्ता लगाएमा निरन्तर बिपिङ (Continuous beeping) ध्वनि (गर्भवती संकेत) सुनिनेछ। यदि अन्तर-अन्तर बिपिङ (Intermittent beeping) ध्वनि मात्र सुनिएको छ भने बंगुर गर्भवती नभएको संकेत हो। अल्ट्रासाउन्ड हावा मार्फत जाँदैन त्यसैले हावाको फोकाहरू विस्थापित गर्न पर्याप्त मात्रामा तेलको प्रयोग गर्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ। शुरू शुरूमा एउटा बंगुरको गर्भ परीक्षण गर्न 15 देखि 20 सेकेन्ड सम्म लाग्न सक्छ भने अभ्यास गर्दै जाँदा 5 सेकेन्ड भन्दा कम समयमा पनि प्रभावकारी गर्भ परीक्षण गर्न सकिन्छ।


परीक्षणको प्रभावकारीताः भाले लगाएको करीव 30 दिन पछि सजिलै र प्रभावकारी रूपमा परीक्षण गर्न सकिन्छ तर भाले लगाएको 65 देखि 70 दिन पछि पाठापाठीहरूले तरल पदार्थलाई विस्थापित गर्ने भएकोले परीक्षणको प्रभावकारीतामा पनि कमी हुदै जान्छ। परीक्षणको प्रभावकारीता परीक्षणको समय, अल्ट्रासाउन्डको प्रोब राख्ने तरीका, प्रोबको स्थान, प्रोब र छालाको सम्पर्क, परीक्षणको दिशा र उपकरणको अवस्था आदि कुरामा भर पर्दछ।


परीक्षणका क्रममा हुन सक्ने समस्याहरूः

१. कुनै सम्पर्क ध्वनि (NO CONTACT" TONE) आउँदैन भने  अल्ट्रासाउन्ड भित्र छिर्नको लागि ट्रान्सड्यूसरको छालासँग राम्रो सम्पर्क नभएको हुनुपर्छ। यदि छाला र ट्रान्सड्यूसरको बीचमा हावा छ भने Contact tone/beeping सुनिदैन। बीचको हावा विस्थापित गर्न पर्याप्त मात्रामा तेलको प्रयोग गर्नु पर्छ।

२. सम्पर्क ध्वनि (CONTACT" TONE) छ तर गर्भवती जनावरहरूमा पनि "गर्भवती" ध्वनि" (PREGNANT TONE/Continuous beeping) छैन भने ट्रान्सड्यूसरलाइ मूत्राशयको दिशामा स्क्यान गर्नु पर्दछ ताकि यसले निरन्तर स्वर PREGNANT TONE/Continuous beeping निकाल्दछ र त्यसपछि मात्र गर्भाशयको दिशामा परीक्षण गर्नु पर्दछ।

३. सम्पर्क ध्वनि (CONTACT" TONE) पछि मात्र गर्भवती ध्वनि (PREGNANT TONE/Continuous beeping) सुनिनु पर्दछ ।परीक्षण गर्दा प्रोब कतै मूत्राशय तर्फ गएको छैन भन्ने सुनिश्चित गर्नुपर्दछ। मूत्राशयमा पनि गर्भवती ध्वनि सुनिन्छ र यसले असफल गर्भावस्थाको संकेत गर्दछ।

४. कुनै आवाज नै छैन भने केबल र ब्याट्री जाँच गर्नु पर्दछ र सोहि अनुसार रिचार्ज गर्नु पर्दछ।



Posted by Vet Khagendra

About Me

Veterinary Professional, Love to spend time on IT for providing free online Tips.

1 comment:

Thank You for Your Feedback: INFO DESK

मेरो चौतारीः ''सकिन्छ राम्रो गर्नु, सकिदैन नराम्रो कसैलाइ पनि नगर्नु''