जमेको वीर्य संरक्षण गर्नका लागि विभिन्न
क्रायोजेनिक एजेन्ट (Cryogenic
Agents) हरुको
प्रयोग गरिन्छ। ती मध्ये Solid-CO2
(-790C), Liquid Air
(-1830C), Liquid Medium
(-2680C) र Liquid Nitrogen (-1960C) प्रमुख
हुन्। तरल नाईट्रोजन चौथो चिसो पदार्थको रुपमा चिनिन्छ, जुन बाहिरी वातावरणमा आउने बित्तिकै यसको
आयतनमा ७०० गुणाले
वृद्धि हुन्छ। यो रंगहिन (Colorless), गन्धहिन (Odorless), गैर-उत्तेजक (Non-irritant), गैर-बिषाक्त (Nontoxic), गैर-कास्टिक (Non-caustic), गैर-संक्षारक (Non-corrosive), गैर-जलन (Non-inflammatory) तथा निष्कृय
(Inert)
ग्याँस हो। यसको उम्लने विन्दु (तापक्रम) -196oC को
भने जम्ने विन्दु (तापक्रम) -212oC हो। तरल भएको कारणले जमेको वीर्यसँग
राम्रो सम्पर्क हुने र मानव स्वास्थ्यमा पनि अन्य
क्रायोजेनिक एजेन्टहरूको
तुलनामा कम हानिकारक हुने हुनाले विश्वभरी नै यसको उपयोग र प्रयोग
भइरहेको छ। नाईट्रोजन ग्याँस
हो जसलाई चिसो पारेर तरल अबस्थामा ल्याइएको हुन्छ। नाईट्रोजन ग्याँस
वातावरणीय हावामा ७८ प्रतिशत जति हुन्छ र हावामा
भएको यही नाईट्रोजनलाई चिसो पारेर तरल बनाई प्रयोगमा ल्याइन्छ। तरल नाईट्रोजनमा बर्षौंसम्म
वीर्यलाई बचाउन सकिने भएकोले वीर्यलाई जमाउन
र सुसुप्त अबस्थामा रहेको जमेको बीर्यलाई संचय गर्न यसको प्रयोग संसार भरिनै
गरिन्छ। यस प्रकार कृत्रिम गर्भाधान कार्यमा तरल नाईट्रोजनको प्रयोग अनिवार्य
भएकोले कृत्रिम गर्भाधान कार्यकर्ताले तरल नाईट्रोजनको
प्रयोग बारे जान्नु जरुरी छ।
तरल
नाईट्रोजनको सुरक्षित प्रयोग
Ø आँखा, मुख वा शरीरको अन्य भागमा एक वा दुई
सेकेण्ड भन्दा बढी
समयसम्म सिधा सम्पर्कमा आएमा Cold
Burn/Frost Bite गराउँदछ।
Ø तरल
नाईट्रोजन प्रयोग गर्ने व्यक्तिले बचावट गर्ने खालका कपडाहरु लगाउनु पर्दछ र सकभर Goggles वा Eye
protector प्रयोग गर्दा आखाँको बचावट हुन्छ।
Ø नयाँ
कन्टेनर वा ड्राई कन्टेनरमा तरल नाईट्रोजन भर्दा
(रिफिल गर्दा)
विस्तारै भर्नु पर्दछ।
Ø तरल
नाईट्रोजन कण्टेनर भित्र खसेको कुनै पनि वस्तु वा सिमेन
स्ट्र Sainless Steel को फोरसेफरले निकाल्नु पर्दछ।
Ø तरल
नाईट्रोजन भरेर राखेको कन्टेनरहरु खुल्ला र राम्रो संग भेन्टिलेशन भएको स्थानमा
राख्नु पर्दछ किनकी तरल नाईट्रोजनको वाफ (भ्यापर)
ले वातावरणीय अक्सिजनको
भागलाई कम गराई श्वासप्रश्वासमा असहज
हुन्छ।
Ø तरल
नाईट्रोजनको बचावटको लागी स्थानान्तरण गर्दा सोली प्रयोग गरी खेर
जानबाट बचाउनु पर्दछ र कन्टेनरहरु सुख्खा
(ड्राई)
हुनु हुदैन।
तरल
नाईट्रोजन कन्टेनरहरुको हेरचाह तथा प्रयोगः
ü तरल
नाईट्रोजनको संरक्षण प्रयोजनको लागि बनाईएको कन्टेनरहरु एक प्रकारको थर्मस जस्तै
भाडो भएकाले यसलाई पनि जतनपूर्वक चलाउनु पर्छ र यसको प्रयोगमा विषेश रुपमा सावधानी
अपनाउनु पर्दछ ।
ü नयाँ
कन्टेनरहरुलाई थोरै थोरै तरल नाइट्रोजन राखेर चार्ज गर्नुपर्दछ र एक पटक चार्ज
भइसकेको कन्टेनरहरुलाई सुख्खा हुनदिनु हुदैन।
ü कन्टेनरहरुलाई
कहिल्यै पनि वेल्डिङ (Welding) गरेर वा छेडेर (Piercing) प्रयोग गर्नु हुँदैन।
ü कन्टेनरहरुलाई
प्रत्यक्ष रुपमा घाममा वा तातो हावा लाग्ने स्थानमा राख्नु हुँदैन, सधै छाँयामा पर्ने गरी राख्नुपर्दछ।
ü कन्टेनरहरुलाई
छोटो समयमा चिस्याउने र तताउने गर्नुहुँदैन, जसले कन्टेनरको भित्री थर्मल
तह (Thermal layer) मा तनाव (Stress) परी बिग्रन पनि सक्दछ।
ü कन्टेनरहरुको
मुखमा वा बाहिरी सतहमा पसिना आउनु (Appearance of moisture) भनेको कन्टेनर बिग्रेको संकेत हो।
ü समय–समयमा
कन्टेनरहरुको वाश्पीकरण
दर (Evaporation Rate) जाँच गरिरहनु पर्दछ।
ü कन्टेनरहरु
एक अर्कामा खप्टाएर राख्नुहुँदैन र भित्रको ग्यास तातोमा फुल्ने भएकोले र फैलिएको
ग्यासले गर्दा बिस्फोट हुनसक्ने भएकोले हमेसा
कन्टेनरहरुको ढकन (बिर्को)
खुकुलो अवस्थामा राख्नु पर्दछ।
कन्टेनरमा
तरल नाईट्रोजनको मात्रा मापन गर्ने तरीका
कन्टेनरमा जमेको वीर्य भण्डारण गरी राखेको
अवस्थामा जमेको वीर्यको स्ट्र वा नलिको कम्तिमा
पनि एक तिहाई भाग तरल नाईट्रोजन डुबेको हुनुपर्दछ।
यसको मापनको लागि कालो रंगको प्लाष्टिकको स्केल कन्टेनर भित्र डुवाएर केहि सेकेण्ड
सम्म राख्नु पर्दछ र वातावरणमा झिकेर हेर्दा तरल नाईट्रोजनमा डुवेको जति
भागमा सेतो तुसारो लागे जस्तो रेखा (Frost Line) देखा
पर्दछ। देखिएको सेतो रेखा भन्दा
एक सेन्टिमिटर तलको भाग सम्म रिडिङ्ग गर्नुपर्दछ र सोही अनुसार तरल नाईट्रोजनको
मात्रा एकिन गर्नु पर्दछ। जुन कम्पनीको कन्टेनर हो, त्यहि कम्पनीबाट प्राप्त स्केलले यथार्थ मात्रा दिन्छ तर
कम्पनी फरक परे पनि तरल नाईट्रोजनको मात्रा भने
अन्दाज गर्न सकिन्छ। कन्टेनरको तौल लिएर पनि तरल नाईट्रोजनको मात्रा एकिन गर्न
सकिन्छ, जसको
लागिः
LN2 Liter (तरल नाईट्रोजन लिटर) = तौल (Kg) X
0.82, किनकी
1 Kg LN2 = 1.237 लिटर हुन्छ। |
कन्टेनरहरुको
निर्मलीकरण गर्ने तरीका
प्रयोग भईरहेको तरल नाईट्रोजन कन्टेनरहरुलाई
कम्तिमा पनि २ वर्षको एक पटक निर्मलीकरण गर्नु पर्दछ। निर्मलीकरण गर्नको लागि
कन्टेनरमा भएका सबै क्यानस्टर (Canister) र गब्लेट
(Goblet)
हरु निकाल्ने, पानीले
सफा गर्ने र सुख्खा बनाउने। त्यसपछि
2%
Formaldehyde को
घोल राखेर १० मिनेट सम्म छाड्ने, करीव १०
मिनेट पछि कन्टेनर खाली गरी हावाबाट ड्राई गर्ने र पुनः बिस्तारै तरल नाईट्रोजन
राख्ने (चार्ज
गर्ने) गर्नुपर्दछ।
0 Comments:
Thank You for Your Feedback: INFO DESK