Vet Nepal

Vet Khagendra“This is the free online resource siteto provide various informations, not for the commercial use.”.
  • Happy New Year 2082

    Dr. Khagendra Raj Sapkota

  • Memorable capturing

  • Working

  • Working

  • Latest

    Tuesday, April 15, 2025

    जमेको वीर्य संरक्षण गर्नका लागि विभिन्न क्रायोजेनिक एजेन्ट (Cryogenic Agents) हरुको प्रयोग गरिन्छ। ती मध्ये Solid-CO2 (-790C), Liquid Air (-1830C), Liquid Medium (-2680C)  र Liquid Nitrogen (-1960C) प्रमुख हुन्। तरल नाईट्रोजन चौथो चिसो पदार्थको रुपमा चिनिन्छ, जुन बाहिरी वातावरणमा आउने बित्तिकै यसको आयतनमा ७०० गुणाले वृद्धि हुन्छ। यो रंगहिन (Colorless), गन्धहिन (Odorless), गैर-उत्तेजक (Non-irritant), गैर-बिषाक्त (Nontoxic), गैर-कास्टिक (Non-caustic), गैर-संक्षारक (Non-corrosive), गैर-जलन (Non-inflammatory) तथा निष्कृय (Inert) ग्याँस हो। यसको उम्लने विन्दु (तापक्रम) -196oC  को भने जम्ने विन्दु (तापक्रम) -212oC हो। तरल भएको कारणले जमेको वीर्यसँग राम्रो सम्पर्क हुने र मानव स्वास्थ्यमा पनि अन्य क्रायोजेनिक एजेन्टहरूको तुलनामा कम हानिकारक हुने हुनाले विश्वभरी नै यसको उपयोग र प्रयोग भइरहेको छ। नाईट्रोजन ग्याँस हो जसलाई चिसो पारेर तरल अबस्थामा ल्याइएको हुन्छ। नाईट्रोजन ग्याँवातावरणीय हावामा ७८ प्रतिशत जति हुन्छ र हावामा भएको यही नाईट्रोजनलाई चिसो पारेर तरल बनाई प्रयोगमा ल्याइन्छ। तरल नाईट्रोजनमा बर्षौंसम्म वीर्यलाई बचाउन सकिने भएकोले वीर्यलाई जमाउन र सुसुप्त अबस्थामा रहेको जमेको बीर्यलाई संचय गर्न यसको प्रयोग संसार भरिनै गरिन्छ। यस प्रकार कृत्रिम गर्भाधान कार्यमा तरल नाईट्रोजनको प्रयोग अनिवार्य भएकोले कृत्रिम गर्भाधान कार्यकर्ताले तरल नाईट्रोजनको प्रयोग बारे जान्नु जरुरी छ

    तरल नाईट्रोजनको सुरक्षित प्रयोग

    Ø ँखा, मुख वा शरीरको अन्य भागमा एक वा दुई सेकेण्ड भन्दा बढी समयसम्म सिधा सम्पर्कमा आएमा Cold Burn/Frost Bite गराउँदछ।

    Ø तरल नाईट्रोजन प्रयोग गर्ने व्यक्तिले बचावट गर्ने खालका कपडाहरु लगाउनु पर्दछ र सकभर Goggles वा Eye protector प्रयोग गर्दा आखाँको बचावट हुन्छ।

    Ø नयाँ कन्टेनर वा ड्राई कन्टेनरमा तरल नाईट्रोजन भर्दा (रिफिल गर्दा) विस्तारै भर्नु पर्दछ।

    Ø तरल नाईट्रोजन कण्टेनर भित्र खसेको कुनै पनि वस्तु वा सिमेन स्ट्र Sainless Steel को फोरसेफरले निकाल्नु पर्दछ।

    Ø तरल नाईट्रोजन भरेर राखेको कन्टेनरहरु खुल्ला र राम्रो संग भेन्टिलेशन भएको स्थानमा राख्नु पर्दछ किनकी तरल नाईट्रोजनको वाफ (भ्यापर) ले वातावरणीय क्सिजनको भागलाई कम गराई श्वासप्रश्वासमा असहज हुन्छ।

    Ø रल नाईट्रोजनको बचावटको लागी स्थानान्तरण गर्दा सोली प्रयोग गरी खेर जानबाट बचाउनु पर्दछ र कन्टेनरहरु सुख्खा (ड्राई) हुनु हुदैन

    तरल नाईट्रोजन कन्टेनरहरुको हेरचाह तथा प्रयोगः

    ü तरल नाईट्रोजनको संरक्षण प्रयोजनको लागि बनाईएको कन्टेनरहरु एक प्रकारको थर्मस जस्तै भाडो भएकाले यसलाई पनि जतनपूर्वक चलाउनु पर्छ र यसको प्रयोगमा विषेश रुपमा सावधानी अपनाउनु पर्दछ ।

    ü याँ कन्टेनरहरुलाई थोरै थोरै तरल नाइट्रोजन राखेर चार्ज गर्नुपर्दछ र एक पटक चार्ज भइसकेको कन्टेनरहरुलाई सुख्खा हुनदिनु हुदैन।

    ü कन्टेनरहरुलाई कहिल्यै पनि वेल्डिङ (Welding) गरेर वा छेडेर (Piercing) प्रयोग गर्नु हुँदैन।

    ü कन्टेनरहरुलाई प्रत्यक्ष रुपमा घाममा वा तातो हावा लाग्ने स्थानमा राख्नु हुँदैन, सधै छाँयामा पर्ने गरी राख्नुपर्दछ।

    ü कन्टेनरहरुलाई छोटो समयमा चिस्याउने र तताउने गर्नुहुँदैन, जसले कन्टेनरको भित्री थर्मल तह (Thermal layer) मा तनाव (Stress) परी बिग्रन पनि सक्दछ।

    ü कन्टेनरहरुको मुखमा वा बाहिरी सतहमा पसिना आउनु (Appearance of moisture) भनेको कन्टेनर बिग्रेको संकेत हो।

    ü समय–समयमा कन्टेनरहरुको वाश्पीकरण दर (Evaporation Rate) जाँच गरिरहनु पर्दछ।

    ü कन्टेनरहरु एक अर्कामा खप्टाएर राख्नुहुँदैन र भित्रको ग्यास तातोमा फुल्ने भएकोले र फैलिएको ग्यासले गर्दा बिस्फोट हुनसक्ने भएकोले हमेसा कन्टेनरहरुको ढकन (बिर्को) खुकुलो अवस्थामा राख्नु पर्दछ।

    कन्टेनरमा तरल नाईट्रोजनको मात्रा मापन गर्ने तरीका

    कन्टेनरमा जमेको वीर्य भण्डारण गरी राखेको अवस्थामा जमेको वीर्यको स्ट्र वा नलिको कम्तिमा पनि एक तिहाई भाग तरल नाईट्रोजन डुबेको हुनुपर्दछ। यसको मापनको लागि कालो रंगको प्लाष्टिकको स्केल कन्टेनर भित्र डुवाएर केहि सेकेण्ड सम्म राख्नु पर्दछ र वातावरणमा झिकेर हेर्दा तरल नाईट्रोजनमा डुवेको जति भागमा सेतो तुसारो लागे जस्तो रेखा (Frost Line) देखा पर्दछ। देखिएको सेतो रेखा भन्दा एक सेन्टिमिटर तलको भाग सम्म रिडिङ्ग गर्नुपर्दछ र सोही अनुसार तरल नाईट्रोजनको मात्रा एकिन गर्नु पर्दछ। जुन कम्पनीको कन्टेनर हो, त्यहि कम्पनीबाट प्राप्त स्केलले यथार्थ मात्रा दिन्छ तर कम्पनी फरक परे पनि तरल नाईट्रोजनको मात्रा भने अन्दाज गर्न सकिन्छ। कन्टेनरको तौल लिएर पनि तरल नाईट्रोजनको मात्रा एकिन गर्न सकिन्छ, जसको लागिः

    LN2 Liter (तरल नाईट्रोजन लिटर) = तौल (Kg)  X  0.82, किनकी 1 Kg LN2 = 1.237 लिटर हुन्छ

    कन्टेनरहरुको निर्मलीकरण गर्ने तरीका

    प्रयोग भईरहेको तरल नाईट्रोजन कन्टेनरहरुलाई कम्तिमा पनि २ वर्षको एक पटक निर्मलीकरण गर्नु पर्दछ। निर्मलीकरण गर्नको लागि कन्टेनरमा भएका सबै क्यानस्टर (Canister)   गब्लेट (Goblet) हरु निकाल्ने, पानीले सफा गर्ने र सुख्खा बनाउनेत्यसपछि 2% Formaldehyde को घोल राखेर १० मिनेट सम्म छाड्ने, करीव १० मिनेट पछि कन्टेनर खाली गरी हावाबाट ड्राई गर्ने र पुनः बिस्तारै तरल नाईट्रोजन राख्ने (चार्ज गर्ने) गर्नुपर्दछ।

    Posted by Vet Khagendra
    Info Desk

    तरल नाईट्रोजन तथा कन्टेनरको सुरक्षित प्रयोग

    Vet Khagendra  |  at  April 15, 2025

    हाइड्रोपोनिक्स प्रविधि (Hydroponics Techniques) माटो बिना नै पानीमा पोषण तत्व (पानी युक्त खाद) हरूको सहायताले कृत्रिम माध्यम (बालुवा, रोडा, नरिवल जटा आदी) को प्रयोग वा बिना प्रयोग बिरुवाहरू उत्पादन गर्ने एक विधि हो। वास्तवमा हाइड्रोपोनिक्स विधिलाइ खनिज तथा पोषक तत्वहरूको घोलमा बाली हुर्काउने तरीकाको रूपमा परिभाषित गरिन्छ । अर्थात् यो soilless culture हो। यसलाइ जमरे खेती पनि भन्ने गरिन्छ। यसमा पानी र पोषण बिरूवाको मूल जरामा हुनु अति आवश्यक हुन्छ। विश्वमा यस पद्दतिको नामांकरण सहित विकास सन् १९३७ बाट मात्र शुरू भएको मानिन्छ।

    नेपालमा यसको आवश्यकता किन?

    नेपालमा यो प्रणाली खास गरी तरकारी र फूलहरूमा मात्र प्रयोग भएको पाइन्छ . नेपाली व्यवसायिक पशुपालक कृषकहरूले भोगेको प्रमुख समस्या भनेको हरियो घाँसको उपलब्धता नहुनु नै हो भने धेरै जसो पशुपालन गरिरहेका साना कृषकहरू सँग घाँस उत्पादनको लागी प्रसस्त  जग्गाको कमि छ। मुख्यतः नेपाली पशुपालन क्षेत्रले चरन तथा घाँस उत्पादन गर्ने जमिनको समस्या झेलिरहेको बेला यो प्रभावकारी प्रविधि हुन सक्दछ । त्यसैले डेरी ब्यावसायलाइ प्रभावकारी, दीगो र बारै महिना हरियो घाँसको उपलब्धता बढाउन नेपालमा पनि पशु सेवा विभागले शुरूवात गर्न लागेको यो हाइड्रोपोनिक्स प्रविधि पशुपालन क्षेत्रमा एक विकल्पको रूपमा स्थापित हुन सक्दछ।

    हाइड्रोपोनिक्स प्रविधि फाइदा तथा बेफाइदाहरू के के छन्?

    सबै किसिमका बिरूवाहरू यो विधिबाट उत्पादन गर्न सकिदैन तर बाह्रै महिना बाली बिरुवाको खेती गर्न भने सकिन्छ । यसमा बिरुवाहरूलाई नियन्त्रित वातावरणमा हुर्काइने हुँदा परंपरागत जलवायुमा राम्रो संग बिकास नहुने बिरुवाहरु पनि यस विधिबाट हुर्काइन सम्भव छ। रोगव्याधी कम लाग्ने, थोरै समयमा धेरै उत्पादन लिन सकिने, थोरै ठाउँमा र शहरी क्षेत्रका पनि गर्न सकिने यसका मुख्य मुख्य फाइदाहरू हुन्। हरियो जमरे घाँसको नियमित प्रयोगबाट गाइ भैंसीहरूको पाचन प्रणाली स्वस्थ तथा अधिकतम उपयोग हुन्छ। साधारण घाँस खेती गर्न आवश्यक भूमिको पाँच भागको एक भागमा बाह्रै महिना उच्च पोषणयुक्त सफा र ताजा आहारा उत्पादन हुन्छ । एक किलो जमरे घाँसले तीन किलो सन्तुलित दाना बराबर पोषकतत्व प्रदान गर्छ। यो घाँस खुवाउनाले पशुहरूको रक्त सञ्चार प्रणालीमा रातो रक्त कोशिका र अक्सिजनको मात्रा बढाउँछ । साथै यस प्रविधिमा ठाउँ र ऊर्जाको बचत हुन्छ। यसमा फोलिक एसिड, ओमेगा-3, फैटी एसिड, anti-oxidant, anti-ulcer anti-inflammatory गुण समावेश हुन्छ। यसरी तयार गरिएको हरियो घाँसमा उच्च गुणयुक्त प्रोटीन, इन्जाइम र भिटामिनहरू रहेको हुनाले यसको नियमित सेवनबाट प्रति बेत १० देखि १५ प्रतिशत सम्म दूध उत्पादनमा वृद्धि हुन्छ भने प्रजनन विकृति, भ्रूण मृत्यु दर र गर्भपतनमा समेत कमि ल्याउँछ। मकैबाट उत्पादित जमरे घाँस दैनिक १० किलो प्रति गाईको दरले खुवाउँदा प्रति गाई १ किलो दानाका कमि हुने र दैनिक १ लीटर प्रति गाई दूध वृद्धि हुने विभिन्न अनुशन्धान तथा यो प्रविधि प्रयोग गरिरहेका कृषकहरूले नै बताउँदछन्। त्यस्तै दैनिक १ देखि २ किलो जमरे घाँसले हेफरहरूमा शारीरिक वृद्धि राम्रो संग हुने र प्रजनन संग सम्वन्धित रोग तथा विकृतिहरूमा पनि कमि हुन्छ।

    यो प्रविधिले मानिसको खाद्य वस्तुसँग प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्दछ। यस प्रविधिमा हरियो घाँस खेतीको लागि प्रयोग हुने जौ, गहुँ, मकै, जै, जुनेलो, बरसिम, बोडी मानिसको आहारासँग प्रत्यक्ष सरोकार राख्ने हुनाले खाद्य संकटको जोखिम हुन पनि सक्छ। साधारण किसिमबाट घाँस खेती गर्दा भन्दा यसमा निकै नै कम बायोमास प्राप्त हुने हुनाले बिउको आवश्यकता बढ्दछ । हाइड्रोपोनिक्स प्रविधिबाट तयार गरिएको घाँसमा सुखापदार्थको मात्रा केवल १२–१५ प्रतिशतमात्र हुने हुदाँ यसले मात्र धेरै दूध दिने पशुहरूको शारीरिक आवश्यकता पूर्ति गर्न सक्दैन।

    हाइड्रोपोनिक्स खेती कसरी गर्ने ?

    हाइड्रोपोनिक्स प्रविधिमा जौ, गहुँ, मकै, जै, जुनेलो, बरसिम, बोडी वा तिनीहरूको मिश्रणको खेती घाँस उत्पादनका लागि प्रयोग गरिन्छ । यसमा मुख्य रूपमा सोलुसन कल्चर (solution culture) र मेडियम कल्चर (medium culture) गरी दुई प्रकारका घोलहरूको प्रयोग गरिन्छ । सोलुसन कल्चरमा बिरूवा विकासको लागी ठोस मध्यमको प्रयोग हुदैन, पोषक तत्वहरूको घोल मात्र प्रयोग हुन्छ। सोलुसन कल्चरका पनि स्थिर सोलुसन कल्चर, लगातार-फ्लो सोलुसन कल्चर र aeroponics सोलुसन कल्चर गरी तीन मुख्य प्रकार वर्गीकृत गरिएको हुन्छ । मेडियम कल्चर विधिमा बिरूवा विकासको लागि जरामा ठोस मध्यम (बालुवा, रोडा वा काठ) को प्रयोग हन्छ । जुनसुकै माध्यमबाट कल्चर गरेपनि बिरुवा हुर्कने अवधिभरी ड्रिप वा स्प्रे सिँचाइ प्रणाली अन्तरगत पानी छम्केर चिसो राख्नु पर्दछ। बिरूवालाइ छोटो समयमा राम्रोसँग हुर्कन बेलाबेलामा पानीसँगै पोषक तत्वको घोल पनि छर्कनु आवश्यक हुन्छ। Liquid hydroponic systems (तरल हाइड्रोपोनिक्स प्रणाली) मा संयंत्र जराका लागि अन्य कुनै समर्थन मध्यमको आवश्यक पर्दैन भने aggregate systems (कुल प्रणाली) मा अरू ठोस मध्यम समर्थनको रूपमा आवश्यक पर्दछ।  

    बीउ वा तिनीहरूको मिश्रणलाइ प्लास्टिक, आल्मुनियम वा अन्य धातुको ट्रेमा पानीमा भिजाइ राखेको बीउ एकनासले छरि उमारेर कलिलो जरासहितको बिरुवा गाईभैंसी वा अन्य जनावरलाई खुवाइन्छ। एकपटक मोक्राएको बीउ एक दिन भित्रमा नै अँकुराउन थाल्दछ र ५ देखि ७ दिनको अवधिमा करिब २५–३० सेन्टिमिटर अग्लो खान योग्य जमरे घाँस तयार हुन्छ। जमरे घाँसका बिरुवाका जराहरू एक अर्कामा गुज्मिुजिएर फम जस्तो बन्दछ जसलाइ गुन्द्रीजस्तै दोब्राएर गाइभैंसीलाइ खुवाउन प्रयोग गरिन्छ। यस्तो जमरे घाँस प्रति दुधालु गाई वा भैंसीलाई दिनको दस किलोको दरले खुआउन सकिन्छ। यो सबै किसिमको चौपायाहरू तथा कुखुराको लागि पनि उपयुक्त मानिन्छ । यसमा बिरुवा, जरा र बीउ कुनै पनि भाग खेर नफाली खुवाइन्छ। हाइड्रोपोनिक्सका लागि १०० वर्गमिटरमा १००० ट्रे हुने गरी ग्रीन हाउस बनाउँदा प्रति ट्रे १ किलोको दरले दिनमा १००० किलो जमरे घाँस उत्पादन गर्न सकिने विभिन्न अनुषन्धानहरूले देखाएका छन।

    यसमा कठिनाइ र दीगोपना के छन?

    हाइड्रोपोनिक्सको तरीकाबाट हरियो घाँस उत्पादन गर्न कुनै पनि बन्द कोठा वा गोदाम घरमा गर्न सकिए तापनि तापक्रम तथा आद्रता नियन्त्रण गर्नु पर्ने भएकाले कृषि तथा यस प्रविधिमामा कौशल कर्मचारीहरु आवश्यक हुन्छ। विशेष प्रविधिले बनाइएको शिशा निर्मित्त ग्रिनहाउमा संगको संयोजनमा गर्नु पर्ने हुनाले शिप, ज्ञान, कौशलता र धैर्यताको पनि उत्तिकै जरूरी छ। ग्रीनहाउस संरचनामा र यसको वातावरणमा विशेष ध्यान नदिएमा कुनै पनि सिस्टमबाट आर्थिक फाइदा लिन कठीन हुन्छ। बिउको लागी मानिसको आहारासँग प्रतिस्पर्दा, कृषकहरूको रूचि, कृषकहरूलाइ हुने आर्थिक फाइदा, आदि यसको निरन्तरता र दीगोपन संग जोडिएका विषयहरू हुन। यो प्रविधि अलि जटिल भएपनि यसको विकास र प्रचारको लागी विभिन्न दुग्घ उत्पादक सहकारी संस्था मार्फत् मोडेलको रूपमा स्थापना तथा अभ्यास गरी अरू कृषकहरूलाइ पनि अनुशरण गराउन सकिन्छ भने प्रगतिशील आधुनिक डेरी कृषकहरू सँग नै यो प्रविधिको सफलता गाँसिएको छ।

    Blogs

    हाइड्रोपोनिक्स प्रविधिः आवश्यकता र दीगोपना

    Monday, April 14, 2025

    भाइरसबाट हुने फ~याउरो चमेरो कुकुर, बिरालो, स्याल, ब्वाँसो, गाइ भैंसी तथा मानिसहरूलाइ पनि हुने खतरनाक रोग हो। रेविज रोग मानिस लगायत अन्य सबै उष्ण रगत युक्त जन्तुहरुमा लाग्ने रोग भएता पनि मुख्यताः कुकुर, विरालो, स्याल, ब्वाँसो र अन्य मांसहारी जनावरको प्रमुख रोग हो। यो रोग लागेपछि स्नायु प्रणालीमा प्रभाव पर्ने हुँदा असामान्य बानी देखाउने, उत्तेजित हुने चेतना हराउँदै जाने जथाभावी टोक्ने, चिथोर्ने पक्षघात हुने र अन्त्यमा मृत्यु अवस्यम्भावी हुन्छ। एक पटक यो रोगको लक्षण देखिए पछि मृत्यु भएरै छाड्ने हुँदा यसलाई अत्यन्तै खतरनाक रोग मानिन्छ। हरेक बर्ष बिश्वमा यस रोगको संक्रमणबाट हजारौं पशुहरू सहित सरदर ५०,००० मानिसको मृत्यु हुने गरेको पाइन्छ जसमा ९५ प्रतिशत मानिसहरू एशिया र अफ्रीकाका पर्दछन्। अमेरिका, अष्ट्रेलिया, न्यजिल्याण्ड जस्ता देशहरु यो रोगबाट मुक्त भएका छन् भने माल्दिप्समा कुकुर नै छैन।

    रोगको कारणः आर. एन. ए. समुह (RNA Group) को रेबडोभाइरिडी अन्तर्गत पर्ने लिसा भाइरस बाट रेबिज रोग लाग्दछ। यो भाइरस बुलेट आकारको करिब १८०—२५० mm लम्बाई ७५ mm व्यास भएको हुन्छ। भाइरस शरिर भित्र प्रवेश गरेपछि Axoplasam हुदै मेरुदण्ड तर्फ ३ मि.मी / घन्टाको दरले यात्रा गर्दै मष्तिस्कमा पुग्दछ। मष्तिस्कमा पुगेको भाइरस केंद्रीकृत रुपमा शरीरको बिभीन्न अंगहरुमा पुग्दछ । र्याल ग्रन्थीमा भाइरसको गुणात्मक बृद्घी हुन्छ र र्यालमा मिसीएर बाहिर आँउदछ। यो भाइरस ताप, इथर, फर्मालिन, फिनेल, अल्काली र पोटासियम र परमेग्नेटमा अत्यन्तै संवेदनशिल हुन्छ। बहुला कुकुरले खसाएको र्याल भूइमा खसेर सुक्ने वित्तिकै भाइरस पनि मरी सक्छ।

    रोग सर्ने तरिकाः प्राकृतिक रुपमा यो रोग मुख्यत बहुला कुकुरको टोकइबाट नै लाग्दछ। त्यस बाहेक केहि मात्रामा जंगली जनावर टोकाई, मुसा, न्याउरी मुसा, चमेरा आदिको टोकाईबाट समेत यो रोग सर्न सक्दछ।

    लक्षण (Symptoms): भाइरस शरिर भित्र प्रवेश गरेपछि पहिलो लक्षण देखाउने अवधि सरदर २०  देखि ६० दिनको हुन्छ तर यो अवधि कुनै कुनै बेला ६ महिना भन्दा बढिको हुन्छ। कुकुरले वा अन्य बहुला जनावरले टोकेको ठाउँ र घाउको प्रकृति अनुसार यो समयावधी फरक हुने गर्दछ। त्यस्तै केन्द्रिय स्नायु प्रणाली भन्दा कतिटाढा घाउ बनाएको छ त्यसको आधारमा पनि समय घटी वा बढि हुन्छ। मस्तिष्कबाट टोकाई जति नजिक भयो त्यति नै छिटो लक्षण देखा पर्दछ।

    १) क्रुद्ध रुप (Furious Form) यसको रुपको लक्षण देखाउने कुकुर ज्यादै उत्तेजित हुने, आफ्नो मालिकले भनेको नमान्ने, झस्किने, तर्सिने आफूलाई थुनेको खोर भएमा त्यहाँ भएको आहारा खाने भाडा, तार, भित्ता जे पायो त्यहि टोक्ने र बाहिर उम्कन पाएमा एकोहोरो दौडिरहने र बाटोमा भेटीएका मानिस गाई वस्तु अन्य जनावरहरु र निर्जिव वस्तुहरुलाई समेत टोक्दै हिड्छ। जथाभावि टोक्नाले मुखमा घाउ भई रगत निस्कने र्याल बगाई राखेको हुन्छ। कुकुरको आँखा रातो हुन्छ भुक्दा स्वर सुकेको आवाज आउँछ। रोग बढ्दै गएपछि कुकुर लडखडाउने, खाने कुरा नखाने तर नखाने कुरा खान खोज्ने गर्दछ। कुनै कुनै कुकुरले भाले खोजेको लक्षण पनि देखाउँछ। कुकुरले आफ्नै पिसाब आफै चाट्छ र भाले लाग्न दिन्छ । घाँटीको पक्षघात हुनाले र्याल चुहाउने, तल्लो बंगारा खस्ने जिब्रो निकाल्ने गर्दछ। यस्को साथै बिस्तारै सास फेर्न गाह्रो हुने केहि निल्न नसक्ने, अचेत हुने र अन्त्यमा मृत्यु हुन्छ। यो सम्पुर्ण लक्षण अवधि सरदर ७ देखि १० दिनको हुन्छ।

    २) लाटो रुप (Dumb Form): यसलाई पक्षघातको रुप भनिन्छ। यसमा तल्लो बंगारा, जिब्रो, ल्यारिङस र पछिल्लो खुट्टामा पक्षघात हुन्छ। कुकुरले अरुलाई टोक्न सक्दैन तर र्याल चुहाई राख्दछ। यस्तो लक्षण देखाउने जनावरको मुखमा केहि अड्किए जस्तो लाग्ने हुनाले जनावर मुखभित्र हात राखी निरिक्षण गर्दा धेरै पटक मानिसलाई रोग सर्ने सम्भावना हुन्छ।

    माथिका दुवै प्रकारको रेविजका लक्षण देखिएको ७ देखि १० दिन भित्रमा कुकुर मर्दछ। यदि १० देखि १४ दिन भित्रमा पनि कुकुर नमरेको खण्डमा उक्त रोग रेविज नभएको भन्न सकिन्छ।

                कुकुर बाहेक अन्य जनावरहरु जस्तै गाई, भैसी, बाख्रामा रेबिज भएमा जनावर उत्तेजित हुने, बेचैन हुने आफ्नै मालिकलाई हान्ने, असामान्य आवाज निकालेर कराउने, आफूले आफेलाई टोक्ने, हिड्दा लडखडाउने, र्याल काड्ने, घाँटीमा केही अड्किए जस्तो गर्ने अनौठो रुपले एकोहोरो हेर्ने, घाासपानी खान छोड्ने, जे पायो त्यहि खाने नहुने वस्तु टोक्ने जस्ता लक्षणहरु देखिन्छन्। जनावरमा विस्तारै पक्षघातका लक्षण बढ्दै जान्छ र अन्त्यमा पशु मर्दछ। रेविज रोगको शंका लागेमा पशुलाई बलियो दाम्लोले बाँधेर राख्ने वा खोरमा थुनेर कम्तिमा १० दिनसम्म हेर्नु पर्दछ। अक्सर रेविज भएमा सो समयवाधीमा पशु मर्दछ।

    मानिसहरूमा रेविज रोगको लक्षणः भाइरस शरिर भित्र प्रवेश गरेपछि पहिलो लक्षण देखाउने अवधि सरदर २० देखि ६० दिनको हुन्छ तर कम्तिमा १० दिन वा बर्षौ पछि पनि देखा पर्न सक्छ। प्राय मानिसमा टोकेको ठाउमा दुख्ने, झम्झमाउने, एक्कासी चिलाउने जस्ता पहिलो लक्षण देखिन सक्छ। त्यसपछि ज्वरो आउनु, जाडो लाग्नु, थकित हुनु शारिरका मांसपेशी दुख्नु र झर्कने जस्ता लक्षण विरामीमा देखिन सक्छ। विरामी विना कारण काम्ने, बेसुर हुने लक्षण देखिन सक्छ। रेविजको पुर्ण तथा अन्तिम अवस्थामा भने स्वास फेर्न तथा खानेकूरा निल्न नसक्ने, मांशपशीहरुमा अनियमति रुपमा खुम्चने र कम्पन हुने हुन्छ। त्यस्ता विरामीका नजिक पानी राख्दा डराउने र हावा सुघाउदा पनि डाराउने गर्दछ। त्यो अवस्थालाई एरोफोविया भनिन्छ। यो अवस्थामा पुगेको विरामीहरूको जीवन प्राय समाप्त हुन्छ।

    रोगको निदानः रोग इतिहास विवरण लिंदा बहुला कुकुरले टोकेको रेकर्ड पाइएमा रोगको लक्षण, शव परिक्षण र प्रयोगशाला परीक्षणबाट रोगको निदान गर्न सकिन्छ। रेविज शंकालागेको पशुको शव परिक्षण गर्दा हातमा पंजा, आँखामा गगल्स, मुखनाकमा मास्क साथै सुरक्षित एप्रोन लगाएर बडो होशियारी पूर्वक सम्पन्न गर्नु पर्दछ । रेविज रोग लागेको पशुको काठको टुक्रा, रौं, पकडा, रवर जस्ता खान नहुने वस्तुहरु भेटिनुको साथै पेट र आन्द्राको म्यूकोसा सुन्निएको हुन्छ । प्रयोगशालामा परिक्षणको लागी मष्तिस्कको नमुना पठाउनु पर्दछ। यसको लागि माथि शव परीक्षणमा झै सावधानी अपनाएर खप्परलाई लम्बाई तर्फबाट विचबाट ठिक दुई भाग हुने गरी करौंतीको सहायताले फोर्नु पर्दछ। त्यसपछि १ भाग पट्टीको मस्तिष्कलाई ५०% ग्लिसिरिन सलाइनमा र अर्को भाग १०% फर्मालिनमा राखेर सम्पूर्ण इतिहास विवरण, लक्षण र शब परिक्षणको प्रतिवेदन सहित प्रयोगशालामा पठाउनु पर्दछ। यदि रेविज पोजेटिभ भएमा मष्तिस्क कोषहरुमा नेग्रीवडीहरु (Negri bodies) माइक्रोस्कोपको सहायताबाट देख्न सकिन्छ। यस बाहेक रोगीको मस्तिष्कको फोल (Brain  Extract) लाई प्रयोगशालाका पशुलाई सुइ दिएर पनि रोगको निदान गर्न सकिन्छ।

    रोगको उपचाररोकथाम र नियन्त्रणः लक्षण देखाई सकेपछि हालसम्म कुने पनि औषधीउपचार गरी रेविजबाट मानिस वा पशु बच्न सकेको छैनन् तर यो रोग लाग्न नदिनको लागि धेरै प्रभावकारी भ्याक्सिनहरु पाइन्छन्। रेविज रोग मुख्य रुपमा कुकुरको टोकाईबाट सर्ने भएकोले कुकुरमा यो रोग नियन्त्रण गरेको खण्ड अन्य जनावर र मानिसमा पनि यो रोग लाग्नबाट बचाउन सकिन्छ।

     सबै घरपालुवा कुकुरलाई स्थानिय निकायमा रजिष्ट्रेशन गर्ने र कुकुरहरुलाई नियमित र अनिवार्य रुपमा रेविज भ्याक्सिन लगाउनु पर्दछ। छाडा तथा भुस्याहा कुकुरहरुलाई सम्पूर्ण रुपमा मार्नु पर्दछ र बाहिरबाट देशमा भित्राइने सबै कुकुरलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखी रेविज मुक्त भएमा मात्र भित्राउन दिनु पर्दछ । रेबिज रोग के हो ? यसबाट बच्न के गर्नु पर्दछ ? भन्नेबारे जनस्तरमा चेतना जगाउने खालको कार्यक्रम दिनु पर्दछ। रेविज शंका लागेको कुकुर र जनावरलाई मारी हाल्नु हुदैन बरु केहि दिन थुनेर रेविज हो होइन यकिन गर्नु पर्दछ। कुनै क्षेत्रमा रेविज फैलिएको थाहा पाउनासाथ तुरुन्त प्राविधिक टोली गएर त्यसको रोकथाम गर्नुपर्दछ। कुकुरले खाने कुरा खाई राखेको बेला, सुति राखेको बेला, आफ्ना बच्चाहरुको हेरचाह गरिराखेको बेला चलाउनु हुदैन र कुकूरको आँखामा सोझै हेर्ने, कुकूर माथि कुनै वस्तु फाल्ने, कुकूरको नजिकबाट दौडने यस्ता बानी कहिलै गर्नु हुदैन । रेविज रोग लागेको कुकुर वा अन्य जनावरले टोकेको खण्डमा टोकेको ठाँउमा साबुन र प्रसस्त पानीले वा पोटास पानीले सफा गरि भरपर्दो एन्टिसेप्टीक लगाएर तुरुन्त डाक्टरको सल्लाह अनुसार पोष्ट बाइट भ्याक्सिन लगाउन अस्पताल गई हाल्नु पर्दछ। 

    लेखनः डा. खगेन्द्रराज सापकोटा
    Posted by Vet Khagendra
    Info Desk

    रेविज रोग रोकथाम तथा नियन्त्रण

    Vet Khagendra  |  at  April 14, 2025

    मेरो चौतारीः ''सकिन्छ राम्रो गर्नु, सकिदैन नराम्रो कसैलाइ पनि नगर्नु''