विदेशी गाई खरिद र यसका बहुआयामिक पाटाहरू


नेपालमा पशुपालन व्यवसायलाई व्यवसायिक, आयमूलक र दीगो रूपमा अगाडी बढाउनको लागी ब्यवस्थापनका सवालहरुमा सम्वेदनशील भएर कार्य सम्पादन गर्नु अत्यन्त आवश्यक छ। कुशल ब्यवस्थापन (Good Husbandry Management) पशुपालनको प्रमुख आधार हो। कुशल ब्यवस्थापन भित्र पोषण ब्यवस्थापन, प्रजनन ब्यवस्थापन तथा स्वास्थ्य ब्यवस्थापन आदि पर्दछन्। जसलाई शुक्ष्मरुपमा मुल्याङकन गर्दा पशुपालन व्यवसायको समग्र उपलब्धिमा पशु प्रजननले ३०%, पशु स्वास्थ्यले १०% र पशु आहारा तथा व्यवस्थावनले ६०% योगदान पुर्याएको मानिन्छ र करिव सोही अनुसार आर्थिक भार पनि पर्न जान्छ। यसो गर्दा मात्र पशु वस्तुहरुलार्ई विभिन्न प्रकारका विकृतिहरुबाट जोगाउन सकिन्छ। यदि कुनै पनि बूँदाहरूमा उचित ध्यान पुर्याईएन भने व्यवसायमा लगानी बढी भै आम्दानी कम हुने गर्दछ र कृषकहरुले बाध्यतावश नोक्सानी स्वीकार्नुपर्ने हुन्छ।
उत्पादन र उत्पादकत्व सुधारका लागी पशुहरूको नश्लको छनौट गर्नु पहिलो आधार हो। पशु नश्लको छनौट पछि पोषण र व्यवस्थापनका सवालहरू आउनु पर्दछ। नश्ल नै राम्रो भएन भने जतिसुकै पोषण र व्यवस्थापनका पक्षहरू सवल भएपनि उत्पादन र उत्पादकत्व बृद्धिमा खासै सुधार गर्न सकिदैन। यो विश्वव्यापी मान्यता हो । यहि कुरालाई आत्मसात गर्दै  यकातिर प्रदेश सरकारलाइ संघीय सरकारले उन्नत जातका भारी संख्यामा गाईहरू किनेर ल्याउने अनुमति पनि दिएको भन्ने खबरले समाचारहरूमा स्थान पाएको छ भने अर्कातिर ३२ अर्ब रुपैयाँ खर्च गरेर १० हजार गाई ल्याइने थाहा पाएर पशु प्रजनन विज्ञ र पशु सेवा कर्मिहरू चिडिएका छन् हाल नेपालमा निश्चित संख्यामा भएका गाईका श्रोत केन्द्रहरूबाट आन्तरिक खरिद बिक्रीले मात्र समग्र देशको दुध उत्पादनमा कुनै प्रभाव नपार्ने हालको अस्थामा यो राम्रो योजना होयसबाट किसानहरूले राम्रो नश्लको रूपमा राहातको अनुभूति गर्न सक्नेछन् तर अन्तर्राष्ट्रिय बजारबाट उन्नत नश्लका गाईहरू खरिद गर्दा निम्न कुराहरूमा ध्यान दिनु अति आवस्यक

  • कुनै पनि देशबाट गाई ल्याउनु देशको लागी साधारण कुरा अवश्य होइन। नेपालमा संम्वन्धित देशको बिदेशी जीन (Foreign Gene) वा बिदेशी  गाईहरूमा अन्तरनिहित जिनोटाइपिक गुण (Inhered Genotypic Characters) स्वदेशमा भित्राई यहाँका विद्यमान पशुहरूमा घुलमिल गराउनु पनि हो। यसको असर पुस्तौ सम्म रहन्छ। यस अर्थमा पनि जीन वा जीनजन्य कुनै पनि बस्तु आयात गर्दा जिनको Modification, Adoption, Fixation जस्ता महत्वपूर्ण जेनेटिक्सका पारामिटरहरूलाई नजरअन्दाज गर्नु हुदैन।
  • यदि उन्नत नश्लका नाममा बिदेशी गाइहरू नेपालमा भित्रिए भने नेपालमा नै रहेको ७० प्रतिशतभन्दा बढी स्थानिय पशुहरूलाइ उन्नत नश्लको वीर्यको प्रयोगबाट नै राम्रो पालनपोषण गरी उन्नत बनाउँदै लाने उदेश्यका साथ . व. २०६७।८६ देखि लागू भइ कार्यान्वयनमा एको कृत्रिम गर्भाधान मिसन कार्यक्रममा भएको राज्यको लगानी, कार्यक्रमको प्रभावकारीता र उपलब्धिमा पनि ठूलो प्रश्नवाचक चिह्न तेर्सिने कुरामा कसैको पनि दुइमत छैन ।नश्ल सुधार गर्ने उदेश्यकसाथ नमूनाको लागी ल्याइएका पशुहरूबाट समग्र देशका पशुहरूमा नश्ल सुधार हुने अवस्थाको ग्यारेन्टि पनि कसैले दिन सक्दैन
  • एउटा देशको उच्च तथा अत्याधुनिक प्रविधिको ब्यवस्थापनमा पालन गरिएका उन्नत नश्लका गाईहरूबाट हुने उत्पादन नेपालमा हाम्रो ब्यवस्थापनमा पनि उत्तिकै हुन्छ भन्ने विद्ध्मान भ्रममा पहिला सुधार गर्नुपर्ने देखिन्छ । त्यसैले नेपाली पशुपालक किसानहरूले नेपालको ब्यवस्थापनमा पालनपोषण गर्न सजिलो हुने र तागत तथा ब्यवस्थापनको तुलनामा बढी फाइलामूलक नेपाली जर्सी अर्थात जपारी (जर्सीको वीर्य र नेपाली गाइबाट जन्मेको प्रथम पुस्ता) गाई नै हो।
  • ब्यवस्थापनरोग ब्यादिको शंकमणथुनेलोप्रजनन विकृति लगायतका सबै अवयवहरूलाई अध्यान गर्दा दीर्गकालीन रूपमा होलिस्टेन फ्रिजियन जातका गाईहरू नेपालका लागी त्यति उपयुक्त हुदैनन्। यो कुरा नेपालकै अनुषन्धानबाट पनि पत्ता लागिसकेको छ र सोहि अनुरूप प्रजनन नीति पनि बनेको छ। यसरी खरिद गरिने बिदेशी नश्लका गाईहरू शुद्द नश्लको जर्सी जातको मात्र भएमा व्यवस्थापनमा केही सहज हुन्छ भने उन्नत नश्ल भन्दैमा यदि होलस्टेन फ्रिजियनशाहीवालब्राउन स्विसथारपार्कररेड सिन्धि वा यिनिहरूका अन्य कुनै पनि क्रस नेपाल भित्रिएमा अर्को समस्या पनि संगसंगै भित्रिने निश्चित छ र यसको ब्यवस्थापन निकै कठीन हुने छ।
  • नेपाललमा भित्रिने गाईहरू नेपाली हावापानी सुहाँउदो वा अनुकुलको छ या छैन र नेपाली किसानहरूको व्यवस्थापनले उन्नत भनिए अनुसारको दुध उत्पादन लिन सक्छन् कि सक्दैनन् भन्ने कुरामा पनि बिशेष ध्यान दिनु उत्तिकै आवस्यक छ,।
  • हाल नेपालमा भएका दुधालु गाईहरूको फेनोटाइपिक गुण हेर्ने हो भने नत त्यो जर्सी जस्तो छ न त होलस्टेन जस्तोतिनीहरूमा नेपाली गाईहरूको गुण पनि छअमेरिकनअष्ट्रेलियन र जात नखुलेका इन्डियन गाईहरूको गुण पनि छ। तिनीहरू विभिन्न जातहरूका खिचडीको रूपमा देखिन्छन्फेनोटाइपिक गुणका आधारमा कुन जातको गाई हो भनेर भन्न सक्ने अवस्था प्रजनन विज्ञलाइ पनि छैन । त्यसैले अब यदि विदेशी गाइहरू खरिद गर्नु नै पर्ने हो भने खरिद गरिने गाईहरूको शारीरिक अवस्थास्वास्थ्य अवस्थाउत्पादन क्षमताप्रजनन कुशलता जस्ता गुणहरू जाँच गरी गुणस्तरीय नेपालको हावपानी सुहाउँदो गाई मात्र आयात गरिनु पर्दछ।
  • नेपाली स्थानिय गाईसंग जर्सीको क्रस गरी जन्मेको गाई (जपाली) नै हालसम्म नेपालको लागी उपयुक्त हुने देखिएको छ । 
अन्य देशवाट महंगोमा गाईहरू किनेर ल्याउनुभन्दा नेपालमा भएका माउ गाईलाई उन्नत नश्लको वीर्य ल्याएर राम्रो पालनपोषण गरी उन्नत बनाउँदै लगेमा नेपाली भूमी तथा हावापानी अनुकुल हुनेमा कसैको पनि दुई मत छैन । यसो गर्दा रोगप्रतिरोधात्मक क्षमता, वातावरणीय अनुकुलता र त्यसमा अन्तरनिहित गुणमा पनि कमि हुदैन । हामीले प्रष्ट देखेका छौ कि भारतबाट बैध वा अबैध रूपमा महंगो पैसा तिरेर दिनका ३० देखि ४० लिटर दुध दिने गाई भनेर नेपालमा भित्रिएका गाई वा तिनिहरूका सन्तानले दिनमा १० लिटर सम्म पनि दुध दिने अवस्थामा छैनन्, त्यसैले यो समस्या अब नआओस् भन्नेमा सबै चनाखो हुनु आवस्यक छ ।

👷लेखन तथा संकलनः डा. खगेन्द्रराज सापकोटा,

0 Comments

Thank You for Your Feedback: INFO DESK